दफा २०
मिलापत्र हुन सक्ने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम कारवाही तथा किनारा गर्न बाँकी रहेका कुनै मुद्दामा मिलापत्र गर्ने उद्देश्यले उजुरवाला र प्रतिवादी दुबैले आफूहरु मिल्ने व्यहोराको निवेदन न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरण समक्ष दिएमा सो निवेदनको व्यहोरा वादी प्रतिवादी दुबैलाई पढी बाची सुनाई त्यसको मतलब र परिणाम समेत राम्रोसित सम्झाई बुझाई त्यसरी सम्झाउँदा दुबै पक्षले मन्जुर गरेमा मुद्दाको कारबाही जुनसकै अवस्थामा पुगेको भए तापनि न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले मिलापत्र गराईदिन   सक्नेछ । (२) उपदफा (१) बमोजिम मिलापत्र गर्दा दाबी रकमको ०.५० प्रतिशतले हुन आउने रकम मिलापत्र दस्तुर वापत आधा–आधा गरी उजुरवाला र प्रतिवादी दुवैले न्यायाधिकरणमा बुझाउनु   पर्नेछ । यसरी उजुरवालाले बुझाउनु पर्ने मिलापत्र बापत लाग्ने दस्तुर निजले दफा १५ को उपदफा (२) बमोजिम अग्रिम रुपमा बुझाएको ऋण असुली शुल्कबाट कट्टी गरी लिइनेछ । (३) उपदफा (१) बमोजिम भएको मिलापत्रको कार्यान्वयन गर्न त्यसरी मिलापत्र गराउने न्यायाधिकरणले ऋण असुली अधिकृतलाई आदेश दिनु पर्नेछ ।